भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विद्युतीय सवारीसाधन (इभी) प्रवर्धन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।
यस कार्यदलमा पूर्वाधार निर्माण महाशाखाका प्रमुख संयोजक, यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन र आन्तरिक व्यवस्थापन शाखाका उपसचिव सदस्य र मेकानिकल विभागका वरिष्ठ डिभिजनल इन्जिनियर सदस्य–सचिव नियुक्त भएका छन् ।
कार्यदललाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ, जसमा इभी प्रयोगको वर्तमान अवस्था, नीतिगत एवं कानुनी व्यवस्थाहरु, चार्जिङ पूर्वाधार, मर्मत कार्यशालाहरु र ब्याट्री व्यवस्थापन लगायतका विषय समावेश हुनेछ ।