नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले मन्त्री पद सम्हाले पनि अतिरिक्त सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारले उनलाई अर्थमन्त्रीमा नियुक्त गरेको खनालले मन्त्री पद स्विकार गर्दा चारवटा सुविधा नलिने घोषणा गरेका छन् ।
तीमध्ये निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडी, तलब तथा अन्य भत्ता नलिने र नामको अगाडि ‘माननीय’ नलेख्ने रहेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, खनालले स्पष्ट रूपमा तलबबाहेक कुनै सुविधा नलिने र अनावश्यक सरकारी खर्च कटौती गर्ने शर्तसहित पद स्विकार गरेका हुन् । पूर्वसचिव खनाल आफ्नो इमान्दार छविका कारण चिनिन्छन् ।
अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् ।
सपथ लिनुअगावै खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन्।
खनाल पूर्वअर्थसचिव हुन्। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी याे परिस्थितिमा उपयुक्त पात्र मानिन्छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।