असोजदेखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन

मनसुन अन्त्यसँगै असोज १ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लामा पर्ने बिपी राजमार्ग दिनरात २४ घण्टा सञ्चालनमा आउने भएको छ।

अहिलेसम्म बाढी, पहिरो र अन्य जोखिमका कारण राति सवारी साधन सञ्चालनमा रोक लगाइन्थ्यो।

तर चाडपर्वमा यात्रु सहज आवतजावत गर्न सकून् भन्ने उद्देश्यले अब राजमार्ग खुला गर्ने तयारी भएको हो।

जिल्ला सुरक्षा समितिले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै विशेष कार्यक्रमसहित राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको छ।

यसका लागि अतिरिक्त प्रहरी परिचालन, जोखिमपूर्ण क्षेत्रमा सतर्कता र तत्काल मर्मतसम्भारका व्यवस्था मिलाइने जनाइएको छ।

यो निर्णयले लामो समयदेखि रातिको यात्रामा समस्या भोगिरहेका सर्वसाधारणलाई राहत हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *