दशैं पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङबारे आज छलफल हुँदैछ।
काठमाडौंबाट बाहिर जाने सवारी साधनका लागि अग्रिम टिकट खोल्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरुबीच बैठक बस्ने जनाइएको छ।
यातायात व्यवसायीहरूले सुरक्षित र यात्रुमैत्री वातावरण सुनिश्चित भए अग्रिम टिकट बुकिङ खुलाउन तयार रहेको बताएका छन्।