यातायात सहज बनाउन पहल

जेन जी आन्दोलनका कारण बन्द भएको सार्वजनिक यातायातलाई सहज बनाउन पहल गरिएको छ।

यात्रुहरुलाई विशेषगरी चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर सहजै यात्रा गर्न मिल्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी महासंघ, नाडा, ट्राफिक प्रहरी लगायतका सरोकारवालाहरुबीच बैठक बसेको छ।

बैठकले यातायातलाई लयमा फर्काउने, क्षति भएका सवारी साधन र कार्यालयको क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने, यात्रु सहायता कक्ष स्थापना गर्ने र यात्रु सुरक्षाका लागि उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *