घाइते भेट्न अस्पताल पुगिन् कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन्।

शुक्रबार राति प्रधानमन्त्री बनेकी कार्की शनिबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेकी हुन्।

यसअघि उनले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई पनि भेटेकी थिइन्।

घाइतेहरूसँग भेट्दै प्रधानमन्त्री कार्कीले भनिन्, “म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोला। ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *