Skip to content
जेन–जी आन्दोलनपछि उत्पन्न तनावपछि बन्द रहेका देशभरका सार्वजनिक यातायात आजबाट पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
देशका अधिकांश स्थानीय तहहरू पनि आजदेखि खुला हुने भएका छन्, जसले नागरिकहरूको दैनिक जीवन सहज बनाएको छ।
यात्रुहरूका लागि दसैंको अग्रिम टिकट बुकिङ खोल्नेबारे आज छलफल हुँदैछ, जसले यात्रा व्यवस्थित हुने अपेक्षा गरिएको छ।
सडकमा ट्राफिक पनि सामान्य हुँदै गएको छ भने केही क्षेत्रमा ट्राफिक जाम बढ्न थालेको छ।
जनजीवन सामान्य बन्दै जाँदा नागरिकहरूले नयाँ आशा र उत्साहका साथ आफ्नो पेसा–व्यवसायमा फर्किन थालेका छन्।
देशमा शान्ति र सुव्यवस्थाको संकेत देखिँदै गर्दा जेन–जी आन्दोलनले सिर्जना गरेको परिवर्तनले सबैमा सकारात्मक ऊर्जा भर्ने भएको छ।
Post Views: 187