Skip to content
भ्रष्टाचारविरोधी आन्दोलनपछि चार दिनमा काठमाडौं उपत्यकासहित देशको जनजीवन सामान्य बन्दै गएको छ।
शुक्रबार प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै अवस्था सहज बन्दै गएको हो।
शनिबारदेखि कर्फ्यु हटाइएपछि बजार खुलेका छन् र सार्वजनिक यातायात पनि चल्न थालेका छन्।
सडकमा ट्राफिक प्रहरी तैनाथ छन् भने सर्वसाधारणको चहलपहल बढेको छ। यद्यपि केही क्षेत्रमा निषेधाज्ञा कायम छ।
आइतबारदेखि क्षति नभएका सरकारी कार्यालयहरूले सेवा दिन सुरु गर्नेछन् भने क्षति पुगेका कार्यालयमा सरसफाइ र वैकल्पिक व्यवस्था भइरहेको छ।
सर्वोच्च अदालतले पनि आइतबारदेखि बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट सुनुवाइ गर्ने निर्णय गरेको छ।
देशभर बन्द रहेका विद्यालय, कलेज र विश्वविद्यालय आइतबारदेखि खुल्ने भएका छन्।
काठमाडौं महानगरपालिकाले आइतबार शैक्षिक संस्था सफा गर्ने र सोमबारदेखि पठनपाठनसँगै विद्यार्थीलाई मनोसामाजिक परामर्श दिन निर्देशन दिएको छ।
Post Views: 151