Skip to content
अमेरिकी सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले नेपालमा हालैको हिंसा, आगजनी र मानवीय क्षतिको सम्बन्धमा गहिरो चिन्ता व्यक्त गर्दै प्रतिक्रिया जनाएका छन्।
उनीहरूले पीडित र तिनका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् र नागरिकमाथि भएको दमनकारी प्रवृत्तिका दोषीलाई उत्तरदायी ठहराउन सरकारसँग माग गरेका छन्।
साथै, नेपालले पछिल्ला दशकहरुमा प्रजातान्त्रिक अभ्यासमा ठूला प्रगति गरेको भएपनि ति उपलब्धिहरूलाई सुरक्षित राख्न आवश्यक रहेको बताएका छन्।
शान्ति कायम राख्न, भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीहरु सुधार गरेर नागरिकको विश्वास जित्न सरकारले पहल गर्नुपर्ने माग गरिएको छ।
Post Views: 217