Skip to content
गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ।
प्रदेश सरकार स्थापना भएयता कुल १,१४६.८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको मन्त्रालयले जनाएको छ।
सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाका अनुसार गत वर्ष ११२ वटा सडक पुल निर्माण गरिएको छ।
सडक ग्राभेल हालसम्म ७६२.७३ किलोमिटर पुगेको छ।
गत वर्ष ८७ वटा झोलुंगे पुल र ६७ वटा भवन निर्माण वा मर्मत गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ७१ करोड बजेट विनियोजन गरिएकोमा ७६.५२ प्रतिशत खर्च भएको छ।
मन्त्री प्रकाशबहादुर केसीले पछिल्लो पाँच वर्षकै बढी बजेट खर्च भएको बताए।
गत वर्ष ४७ सडक, १३ सडक पुल, १३ झोलुंगे पुल र १ भवनका लागि बहुवर्षीय ठेक्का लगाइएको थियो।
हाल २७१ बहुवर्षीय योजना निर्माणाधीन छन्, जसमा १८६ प्रदेश सडक, ७ संघीय सडक, ६६ सडक पुल, १२ झोलुंगे पुल र ३ भवन छन्।
मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन्।
सालबसाली योजनाबाट बचत भएको रकम बहुवर्षीय योजनामा रकमान्तर गरी स्रोत व्यवस्थापन गरिएको सचिव कमलबहादुर अधिकारीले बताए।
Post Views: 166