Skip to content
डोङफेङ फरथिङले ‘फरथिङ सिङहाइ एक्स–फाइभ’ नामक ब्याट्री इलेक्ट्रीक कम्प्याक्ट एसयूभी बजारमा ल्याएको छ।
यस मोडलको सुरुवाती मूल्य २१ हजार अमेरिकी डलर तोकिएको कम्पनीले जनाएको छ।
सिङहाइ एक्स–फाइभमा भर्टिकल हेडलाइट, स्लीम एलईडी डीआरएल र क्लोज्ड फ्रन्ट ग्रिल जस्ता आधुनिक डिजाइन देखिन्छ।
साइड प्रोफाइलमा ब्ल्याक आउट डोरफ्रेम र १७ इन्चको अलोय ह्वील दिइएको छ।
इन्टेरियरमा ब्ल्याक र अरेन्ज टोन, लेदरेट सिट कभर र फुल फोल्ड डाउन हुने रियर सिट सुविधा छ।
कारमा अटोमेटिक एसी, टायर प्रेशर मोनिटर, १३ इन्चको सेन्टर कन्ट्रोल स्क्रीन, ड्युल जोन भोइस कन्ट्रोल, कारप्ले, कारलिङ, हुवावे हाइकार र कार लाइफ प्लस जस्ता कनेक्टिभिटी फिचर छन्।
फरथिङले यसमा १२० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर र ६४.४ किलोवाट–आवर एलएफपी ब्याट्री प्याक दिएको छ।
कम्पनीका अनुसार सिङहाइ एक्स–फाइभले सीएलटीसी मापदण्डअनुसार ५३० किलोमिटर दूरी तय गर्न सक्छ।
फरथिङ ब्रान्डको फ्राइडे एसयूभी अहिले नेपालमा पनि बिक्रीमा छ, जसलाई लक्ष्मी इमोबिलिटीले वितरण गर्दै आएको छ।
Post Views: 157