पोलो इलेक्ट्रिक भर्सन आउने

जर्मन अटो कम्पनी फोल्क्सवागनले लोकप्रिय पोलो कारलाई अब पूर्णतया इलेक्ट्रिक मोडलमा ल्याउने योजना सार्वजनिक गरेको छ।

पोलोको पेट्रोल भर्सन युरोपमा २०२४ र भारतमा २०२२ मै बन्द भए पनि ब्राजिलमा अझै उत्पादन हुँदैछ। अब भने इलेक्ट्रिक भर्सनमार्फत पोलोको पुनरागमन हुने भएको छ।

ID पोलो नामक नयाँ मोडल अर्को वर्ष म्युनिख मोटर शोमा देखाइनेछ। यसमा ३८ र ५६ किलोवाट–आवर ब्याट्री प्याकको विकल्प रहनेछ, जसले करिब ४५० किलोमिटर सम्म दूरी तय गर्न सक्छ।

यो गाडी MEB प्लेटफर्ममा तयार हुनेछ। भित्र १२.९ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.९ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जस्ता आधुनिक सुविधा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *