इटहरीमा दिपल टेस्ट ड्राइभ

इटहरी, प्रदेश नं १ मा नेपालकै नं १ लक्जरी इलेक्ट्रिक ब्रान्ड दिपलले नयाँ अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

उद्घाटनको अवसरमा दिपलले विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गरिरहेको छ, जो भाद्र २० देखि २३ गतेसम्म चार दिनसम्म चल्नेछ।

ग्राहकले दिपलका विभिन्न मोडेल—एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी ई०७, अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र नेपालमा हालै सार्वजनिक दिपल एस०५—को टेस्ट ड्राइभ अनुभव गर्न पाउनेछन्।

कार्यक्रममा ग्राहकले चार वटा रिकन्डिसन हाउसमार्फत आफ्नो पुरानो गाडीको मूल्याङ्कन, निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, साथै ट्राभल चार्जर निःशुल्क पाउने सुविधा पनि रहेको छ।

साथै, कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर प्रदर्शनमा राखिएका छन्, जसले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा कम्पनीको प्रविधि दृष्टिकोण प्रत्यक्ष अनुभव गर्न अवसर दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *