नाडाबाट सुनिल रिजाल हटाइए

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को २२औँ कार्यसमिति बैठकले कार्यसमिति सदस्य सुनिल रिजाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले नाडाको हित विपरीत क्रियाकलाप गरेको आरोपमा कारबाही गर्दै उनलाई केन्द्रीय सदस्य पदबाट हटाएको हो।

यसअघि नाडाले रिजालसँग स्पष्टीकरण मागेको थियो। तर, प्राप्त जवाफ सन्तोषजनक नभएको भन्दै बैठकले उनको पद समाप्त गर्ने निर्णय गरेको बताइएको छ।

पदबाट हटाइएपछि रिजालले आफू नियोजित रूपमा लक्षित भएको दाबी गर्दै अदालत जाने तयारीमा रहेको प्रतिक्रिया दिएका छन्।

“मैले नाडाको हित विपरीत कुनै कार्य गरेको छैन, अदालत जाने बाटो खुला छ,” रिजालले बताए।

सोही बैठकमा भदौ २४ गतेका लागि तय गरिएको विशेष साधारणसभा समेत स्थगित गर्ने निर्णय पनि भएको छ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीका अनुसार आवश्यकता अनुसार निकट भविष्यमा साधारणसभा पुनः आह्वान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *