केएल दुगड समूहअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ लक्षित विशेष योजना सुरु गरेको छ।
‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ नारा सहित सुरु भएको यो योजनामा उपभोक्ताले स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार पाउनेछन्।
कम्पनीका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीका अनुसार चाडपर्व परिवारसँग खुशी बाँड्ने समय भएकाले ग्राहकलाई थप खुशी दिलाउन छुट योजना ल्याइएको हो।
यो अफर भदौ १५ देखि कात्तिक १५ गतेसम्म नेपालभरका स्काइवर्थ शोरुम तथा बिक्रीस्थलमा लागू हुनेछ।