टाटा शोरूम धनगढीमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले सुदूरपश्चिममा नयाँ डिलर नियुक्त गरेको छ।
जीएआरएस ट्रेडिङ कन्सर्नलाई आधिकारिक डिलर चयन गर्दै धनगढी बोराडाँडीमा शोरूम उद्घाटन गरिएको हो।

उद्घाटन समारोह मंगलबार सम्पन्न भयो।
सिप्रदीका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जीएआरएस ट्रेडिङका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरूम उद्घाटन गरे।

समारोहमा स्थानीय समुदाय, व्यवसायी र ग्राहकको उल्लेखनीय सहभागिता रह्यो।
यो शोरूममार्फत अब धनगढीसहित सुदूरपश्चिमका ग्राहकले टाटा मोटर्सका विद्युतीय र पेट्रोल–डिजेल मोडल सजिलै पाउनेछन्।

इभी मोडलमा टाटा टियागो ईभी, पंच ईभी, नेक्सन ईभी र कर्भ ईभी उपलब्ध हुनेछ।
आईसीई मोडलमा टाटा टियागो, पंच, नेक्सन र सफारी खरिद गर्न सकिनेछ।

पंच नेपाली बजारमा सिटी एसयूभीको रूपमा लोकप्रिय छ।
सफारी बलियो बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण ग्राहकमाझ उच्च स्थानमा छ।

सिप्रदीले बिक्रीसँगै आकर्षक फाइनान्स, सहज बीमा योजना, गुणस्तरीय सर्भिस, भरोसायोग्य आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन सुविधा दिने जनाएको छ।
यसले ग्राहकलाई पूर्ण सुविधा र दीर्घकालीन विश्वास दिने सिप्रदीको प्रतिबद्धता झल्काउँछ।

जीएआरएस ट्रेडिङका अशोक पाण्डेले सुदूरपश्चिमका ग्राहकलाई टाटाका नवीनतम मोडल नजिकैबाट अनुभव गराउन पाउँदा गर्व लागेको बताए।
सिप्रदीका मेघ राज ढुंगेलले धनगढी शोरूम उद्घाटनसँगै टाटाको सेवा सुदूरपश्चिममा थप नजिक पुगेको र ग्राहक सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बुकिङ गरिएका केही टाटा गाडीहरू ग्राहकलाई हस्तान्तरण पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *