बीएमडब्ल्यूको बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक एसयूभी iX3 को विश्वव्यापी अनावरण सेप्टेम्बर ५ मा जर्मनीको म्युनिख अटो शोमा हुने भएको छ।
यो गाडी कम्पनीको ‘न्यू क्लास’ प्लेटफर्ममा आधारित पहिलो उत्पादन-तयार मोडल हो, जसलाई भिजन न्यू क्लास कन्सेप्ट कारबाट प्रेरणा लिइएको छ।
iX3 लाई बीएमडब्ल्यूको भविष्यको गाडी मानिएको छ, जसले धेरै नयाँ प्रविधि र विशेषताहरू लिएर आउँदैछ।
लामो रेन्ज र द्रुत चार्ज: कम्पनीका अनुसार, यो गाडीले एकै चार्जमा ८०० किलोमिटर सम्मको रेन्ज दिन्छ र यसमा द्रुत चार्जको सुविधा छ, जसले १० मिनेटमै ३५० किलोमिटर सम्मको रेन्ज प्रदान गर्न सक्छ।
अत्याधुनिक प्रविधि: यस गाडीमा प्यानोरामिक डिस्प्ले, थ्रीडी हेड-अप डिस्प्ले र बीएमडब्ल्यू अपरेटिङ सिस्टम एक्स जस्ता नयाँ प्रविधिहरू प्रयोग गरिएको छ। यसमा एआई (AI) मा आधारित नयाँ एडीएएस प्रणाली (ADAS) पनि छ, जसले बजारअनुसार धेरै हदसम्म स्वचालित ड्राइभिङको सुविधा दिने अपेक्षा गरिएको छ।
उत्पादन र उपलब्धता: विश्वव्यापी सार्वजनिक भएपछि यो गाडी २०२६ को सुरुमा भारतमा पनि चेन्नाईबाहिर रहेको प्लान्टमा एसेम्बल हुनेछ।