दसैं अगाडि गाडी डेलिभरीमा तनाव

दसैं नजिकिदै गर्दा चीनबाट आयात गरिने नयाँ गाडीहरू समयमै पुर्याउन व्यवसायीहरू तनावमा छन्।

मुख्य व्यापारिक नाका, विशेष गरी रसुवाको बाटो अवरुद्ध भएको र तातोपानी नाकाको खुले पनि हालत निश्चिन्त नहुँदा डेलिभरीमा व्यवधान आएको छ ।

पुराना गाडीहरू भने डेलिभरीमा सहज छन्, तर नयाँ अटो शोमा लन्च भएका गाडीहरू दसैंभन्दा अघि ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ ।

तातोपानी नाकाबाट गाडी भित्र्याइरहेको भए पनि बारम्बार पहिरो र सडक समस्याले रोकावट आइरहेको छ।

रसुवा नाका पुनः केही दिनमै खुल्ने सम्भावना छ भने पुल निर्माण जारी छ, जसले डेलिभरी प्रक्रिया सुधार्ने अपेक्षा गरिएको छ ।

हालसम्म, बीवाइडी र टाटा लगायत केही ब्राण्डले निरन्तर डेलिभरी गरिरहेका छन् भने अन्य ब्राण्डको अवस्था सडक र नाका खुलेअनुसार निर्भर गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *