Skip to content
भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा–रानीकोट हुँदै पनौती जाने सडकमा बारम्बार पहिरो गएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो।
स्थानीय सरकारले अब यसको स्तरोन्नति तथा मर्मत सुरु गरेको छ।
वडा नं ८ का वडाध्यक्ष रवीन्द्र सापकोटाले शनिबारदेखि नगरपालिकाले खर्च व्यहोरेर मर्मत सुरु गरिएको जानकारी दिए।
पर्यटन व्यवसायीहरूका अनुसार यो भक्तपुर–पनौती जोड्ने छोटो दूरीको एक मात्र वैकल्पिक मार्ग हो।
पहिरोका कारण यात्रु र पर्यटकलाई समस्या हुँदै आएको थियो।
मर्मतपछि आवागमन सहज हुने र पर्यटन व्यवसाय फाइदा हुने अपेक्षा गरिएको छ।
Post Views: 134