‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम सम्पन्न

एमक्यूब नेपालले बीवाईडीसँगको साझेदारीमा ‘काठमाडौं क्रोनिकल्स’ नामक कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौंमा सम्पन्न गरेको छ।

यो कार्यक्रम एमआईसिई (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकका लागि विशेष तयारी गरिएको थियो।

कार्यक्रममा सहभागीहरू बीवाईडी कारमार्फत दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथजस्ता सम्पदास्थल पुगे।

त्यहाँ उनीहरूले रिडल हल गर्ने, सांस्कृतिक चुनौती पूरा गर्ने र स्थानीय इतिहास बुझ्ने अवसर पाए।

फेयरफिल्ड बाइ मेरिएटमा उत्सव र सम्मान समारोहसहित कार्यक्रम सम्पन्न भयो।

विजेता टोलीलाई ‘काठमाडौं एक्सपट्र्स’को उपाधि दिइयो।

मेरिएटका वरिष्ठ अधिकारीका अनुसार यो पहलले सामान्य बैठकभन्दा फरक अनुभव दिएको छ।

एमक्यूब, बीवाईडी र मेरिएटको सहकार्यले सम्पदा, संस्कृति, दिगोपन र एडभेन्चरलाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *