७ नयाँ कार्यालयमा इम्बोस्ड नम्बर जडान सुरू

सरकारले असोज १ गतेदेखि थप ७ वटा यातायात कार्यालयमार्फत इम्बोस्ड नम्बर प्लेट जडान सुरू गर्ने भएको छ।

अहिले ९ कार्यालयबाट मात्र जडान भइरहेको छ भने नयाँसहित १६ वटा कार्यालयमा सेवा उपलब्ध हुने विभागले जनाएको छ।

नयाँ जडान चितवन, धनगढी, कञ्चनपुर, लहान, वीरगञ्ज, इटहरी र बिर्तामोडबाट सुरू हुनेछ।

यसअघि ललितपुर, हेटौंडा, टेकु, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र सुर्खेतलगायत कार्यालयबाट सेवा दिइँदै आएको छ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएपछि सवारी विवरण डिजिटाइज गर्ने काम पनि अघि बढाइएको छ।

विभागले यसका लागि १० प्रमुख नाकामा आरएफआईडी गेट बनाउन लागेको छ, जसमा नागढुंगा र नागार्जुनको गेट प्रयोगमा आइसकेको छ।

विभागका अनुसार यो प्रणालीले ट्राफिक व्यवस्थापन सहज बनाउने, अपराध नियन्त्रणमा सहयोग गर्ने र डिजिटल निगरानीलाई प्रभावकारी बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *