नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धन सस्तो भएको जानकारी दिएको छ।
सोमबार बिहानदेखि लागू हुने नयाँ दर अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँले र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिलिटर ७ अमेरिकी डलरले कमी गरिएको छ।
तर पेट्रोलको मूल्य भने पुरानै रहेको छ।
अहिले पेट्रोल काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ, तथा चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा छ।