Skip to content
राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि प्राथमिकता नपाउँदा १६ वर्षमा हुलाकी राजमार्ग (सडक)को मात्र ७३ प्रतिशत काम सम्पन्न भएको छ।
२०६६ साउनमा सुरु भएको यो आयोजना १,८५७ किमि लम्बाइको छ, जसमा ३५ वटा सहायक राजमार्ग जोडिएका छन्।
अहिलेसम्म १,३५१ किमि कालोपत्रे र १५१ वटा पुल बनेका छन्, भने ५०६.४२ किमि सडक र १४९ पुल निर्माण हुन बाँकी छ।
बजेट अभाव, वन ऐन, नदिजन्य पदार्थ आपूर्ति र ठेक्का प्रक्रिया जस्ता समस्याले काम ढिला भएको निर्देशनालयले जनाएको छ।
हाल भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६८.९६ प्रतिशत मात्र भएको छ।
लागत सुरुवाती ४७ अर्ब ६५ करोडबाट बढेर १ खर्ब १ अर्ब ९३ करोड पुगेको छ।
सरकारले २०८४ असारभित्र सम्पूर्ण राजमार्ग सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि स्रोत सुनिश्चितता नहुँदा समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ।
Post Views: 161