Skip to content
नेपालको सौन्दर्य, संस्कृति र इतिहासलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित काठमाडौं क्रोनिकल्स नामक कार्यक्रम सुरु भएको छ।
एमक्यूब नेपालले आयोजना गरेको यो रिट्रिट म्यारियटको MICE पार्टनर र सरोकारवालाहरूका लागि विशेष तयार गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षण काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना हुने “ट्रेजर हन्ट” हो।
सहभागीहरूलाई समूहमा बाँडी बीवाइडीका गाडीमार्फत सम्पदास्थल पुर्याई विभिन्न पजल र टास्क पूरा गराउने व्यवस्था गरिएको छ।
यसले नेपाललाई सम्मेलन र व्यवसायिक भेलाका साथसाथै सांस्कृतिक अनुभवका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भई फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ। विजेता टोलीलाई “काठमाडौं एक्सपर्ट्स” उपाधि दिइनेछ।
आयोजकले यस अनुभवले सहभागीलाई रमाइलो गतिविधिसँगै काठमाडौंलाई सम्पदायुक्त र अतिथि–मैत्री सहरका रूपमा चिन्ने अवसर दिने विश्वास व्यक्त गरेको छ।
Post Views: 117