मदनभण्डारी सडक निर्माण ढिलाइ

गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्म जोड्ने मदनभण्डारी राजमार्ग अन्तर्गतको ३१ किमि सडक निर्माणमा ढिलाइ भएको छ।

करिब ३३ महिनामा मात्र २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ।

२०७९ कात्तिकमा १ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता भए पनि ठेकेदार कम्पनीले समयमा काम अगाडि बढाउन नसकेपछि यात्रुहरू वर्षायाममा सास्ती खेपिरहेका छन्।

स्थानीय तह, नागरिक समाज र प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्दा सबवेस, बेस र कालोपत्रे जस्ता काम अझै अधुरै रहेको पाइएको छ।

आर्थिक समस्याका कारण ढिलाइ भएको ठेकेदार पक्षले बताएको छ।

योजना कार्यालयले निरन्तर दबाब दिँदै २०८३ असार मसान्तसम्म सडक सक्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *