अक्वेल ईभी नेपाल प्रवेश

चीनको ख्यातिप्राप्त कमर्शियल अटोमोबाइल कम्पनी अक्वेल नेपालमा प्रवेश गरेको छ।

हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै अब कम्पनीका विद्युतीय सवारी साधन नेपालमा उपलब्ध हुने भएका छन्।

अक्वेल चीनमा दुई दशकदेखि कमर्शियल सवारी उत्पादन गर्दै आएको छ र हाल विद्युतीय सवारी उत्पादनमा विशेष ध्यान दिँदै आएको छ।

कम्पनीले ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस सुरुमा नेपाल ल्याउने तयारी गरेको छ।

भविष्यमा १९, २५ र २६ सिटभन्दा ठूला विद्युतीय बस, कार्गो ईभी भ्यान, विद्युतीय पिकअप र मध्यम क्षमताका विद्युतीय ट्रक पनि ल्याउने योजना छ।

अक्वेलको उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने केन्द्रिय कार्यालय सान्डोङ प्रान्तमा छ।

कम्पनीसँग आफ्नै आरएन्डडी सेन्टर छ र स्पेयर पार्टस उत्पादनमा पनि विशेषता छ।

ईभी गो नेपाल प्रालिले काठमाडौंमा सर्भिस सेन्टर निर्माण सुरु गरिसकेको छ र बिक्री बढ्दै गएसँगै देशका प्रमुख सहरमा विस्तार गर्ने योजना रहेको छ।

प्रबन्ध निर्देशक अनुपकुमार बरालका अनुसार, कम्पनीले विद्युतीय माइक्रोबस, भ्यान र आवश्यक स्पेयर पार्टसको उपलब्धतामा काम सुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *