हुन्डाईको दशैं–तिहार अफर

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले भाद्र २ गतेदेखि सुरु गरेको ‘दशैं तिहार १० गुणा उपहार’ अभियान अन्तर्गत पोखरामा विशेष कार्यक्रम आयोजना गरेको छ।

यस अभियानअनुसार हुन्डाई पोखराले भाद्र ७ र ८ गते बुद्धचोकस्थित सोरुममा ‘एक्सपेरियन्स ड्राइभ’ र ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको हो।

कार्यक्रममा सहभागीहरूले हुन्डाईका गाडी प्रत्यक्ष परीक्षण गर्ने अवसर पाएका छन्।

ग्राहकलाई आकर्षक अफरअन्तर्गत ८ लाख रुपैयाँसम्म नगद छुटस्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका दिइएको छ।

साथै, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको निःशुल्क बीमासडक कर छुट को सुविधा उपलब्ध छ।

सबै हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा रहने कम्पनीले जनाएको छ।

नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकलाई पोखरा बुद्धचोकस्थित सोरुममा आएर अफरको लाभ लिन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *