Skip to content
अविरल वर्षापछि आएको बाढीले धरान–१४ यायोखा टोल र धरान–४ किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ।
वि.सं. २०५७/५८ मा करिब ५० लाख लागतमा बनेको यो पुल धरान बजार आवागमनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
साउन २८ देखि ३० गतेसम्मको लगातार वर्षाले आएको बाढीले पुलमा क्षति पुर्याएको वडा सदस्य राजन चाम्लिङले जानकारी दिए।
पुल अवलोकनका क्रममा प्रदेशसभा सदस्य रमेश बस्नेत, एमालेका राजेन्द्र राई, मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईलगायत उपस्थित थिए।
उनीहरूले तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न माग गरेका छन्।
चाम्लिङका अनुसार यदि तारजालीसहितको तटबन्ध पहिले बनाइएको भए क्षति टार्न सकिन्थ्यो।
अहिले पुललाई थप क्षति हुन नदिन सतर्कता अपनाइएको र सुरक्षात्मक संरचना बनाउन पहल भइरहेको उनले बताए।
Post Views: 281