Skip to content
राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ। सडक बन्द भएको जानकारी पाएलगत्तै पुर्तिघाट प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्न डोजर लगायतका उपकरण प्रयोग भइरहेको छ।
सडक बन्द हुँदा पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
Post Views: 184