बीवाईडी एट्टो २ सार्वजनिक

नाडा अटो शो २०२५ मा साइमेक्स इंकले नेपालमा पहिलो पटक बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ।

यो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी विशेषगरी युवा, व्यवसायी र परिवारलाई लक्षित गरी सहज ह्यान्डलिङ, आकर्षक डिजाइन र प्रिमियम सुविधा सहित तयार गरिएको हो।

एट्टो २ मा बीवाईडी ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि र प्रिमियम कम्फर्ट फिचर समावेश छन्।

५१.१३ किलोवाट ब्याट्रीले एक चार्जमा ३४५ किलोमिटर यात्रा सम्भव बनाउँछ।

१०० किलोवाट मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ०–१०० किमी प्रतिघण्टाको गति ९ सेकेन्डमा लिन सक्षम छ।

एक्स्टेरियरमा फुल एलईडी हेडलाइट, डे–टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार रहेका छन्।

भित्र सिन्थेटिक लेदर अपहोल्स्ट्री, पावर सिट, फ्ल्याट ईभी फ्लोर, १२.८ इन्च रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, भ्वाइस असिस्टेन्ट जस्ता सुविधा छन्।

सुरक्षाका लागि लेभल २ ADAS, ६ एयरब्याग, ३६०° भ्यु मोनिटर, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल उपलब्ध छन्।

नेपालमा प्रारम्भिक मूल्य रु. ४३ लाख ९९ हजार तोकिएको छ, जसमा ७ किलोवाट वाल–माउन्टेड चार्जर पनि समावेश छ।

नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले १ वर्ष निःशुल्क अटो प्लस इन्सुरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्ष विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र बीवाईडी एप कनेक्टिभिटी पाउनेछन्।

बीवाईडी एट्टो २ चार रंग—ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइट मा उपलब्ध छ।

देशभरका बीवाईडी शोरुममा हालै बुकिङ खुला गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *