Skip to content
नाडा अटो शो २०२५ मा अहिलेसम्म सार्वजनिक नभएका गाडी र मोटरसाइकल समेत प्रदर्शनमा देखाइएको छ।
यस वर्षको शोमा बिवाइडी एटो २, हिरो एक्सपल्स २१०, एक्स्पेङ एक्स ९ र टाटा सफारी डार्क एडिसन आकर्षणका केन्द्र बनेका छन्।
बिवाइडीको एटो २ इलेक्ट्रिक कार अत्याधुनिक ‘ई–प्लेटफर्म ३.०’ मा बनेको हो।
यसमा ब्लेड ब्याट्री, सेल–टु–बडी प्रविधि, ठूला टचस्क्रिन र ५-स्टार सेफ्टी रेटिङ जस्ता विशेषता छन्।
मूल्य करिब ५० लाख रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ।
त्यस्तै, सिजी मोटर्सले ल्याएको हिरो एक्सपल्स २१० बाइकमा २१० सीसी लिक्विड–कुल्ड इन्जिन, ६-स्पीड गियरबक्स, डुअल च्यानल एबिएस, आधुनिक टिएफटी कन्सोल र स्मार्टफोन कनेक्टिभिटी सुविधा छ।
यसको माइलेज करिब ३८ किमी प्रतिलिटर हुने बताइएको छ।
यी मोडलहरू अहिले बिक्रीका लागि नभई केवल शोकेस गर्न मात्र ल्याइएका हुन्।
Post Views: 251