नाडा शोमा नयाँ अनुभव

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७ औं नाडा अटो शो २०२५ सुरु भएको छ।

यसपटकको शोमा दर्शकको सुविधा र सुरक्षालाई विशेष ध्यान दिइएको छ।

सम्पूर्ण प्रदर्शनी क्षेत्रमा छाना (रुफ) राखिएको छ र हिँड्ने बाटो प्लाइवुडले सजाइएको छ, जसले भीडमै पनि सहज अनुभव दिनेछ।

यस शोमा नयाँ मोडलका गाडी, इलेक्ट्रिक कार, भिन्टेज क्लासिक कारदेखि उड्ने (फ्लाइङ) कारसम्म प्रदर्शन गरिनेछ।

नेपाली इन्जिनियरहरूले तयार पारेको ह्युमानोइड रोबोट पनि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

साथै, गाडी खरिदलाई सजिलो बनाउन विभिन्न बैंक, फाइनान्स र बीमा कम्पनीका स्टलहरू पनि राखिएका छन्।

नाडा र नाइमाबीचको प्रतिस्पर्धाले यसपटकको अटो शोलाई अझ रोचक र आकर्षक बनाएको छ।

आयोजकको अपेक्षा छ—यसपटक रेकर्ड संख्यामा दर्शक आउनेछन् र नेपाली अटो बजारलाई नयाँ ऊर्जा दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *