Skip to content
आगामी मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा दुई पाङ्ग्रे सवारीसाधनका पाँच ब्रान्डले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रदर्शनीमा सहभागी हुने ब्रान्डहरू:
-
हिरो
-
रोयल इन्फिल्ड
-
हार्ली डेभिडसन
-
जोनसेन (चिनियाँ ब्रान्ड, नेपालमा स्यामुकापुरले बिक्री गर्दछ)
-
यामाहा (एमएडब्लू मार्फत बिक्री हुन्छ)
यी ब्रान्डहरू नयाँ मोडल र अपडेटेड भर्सनहरू प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।
यामाहाले–
-
एमटी-१५ मा नयाँ रंग
-
एफजेड सिरिजको नयाँ रंग प्रदर्शन गर्नेछ ।
हिरोले–
-
नयाँ मोडलहरू जस्तै एक्सपल्स-२१०, जुम-१२५, जुम-१६० र सुपर स्प्लेन्डर ल्याउने अपेक्षा गरिएको छ ।
-
एक्सपल्स-२१० मा उपलब्ध विशेषताहरूमा–
-
४ स्ट्रोक, ४ भल्भ, सिंगल सिलिन्डर, लिक्विड कुल्ड २१० cc इन्जिन (२४.७ h.p र २०.७ N·m टर्क)
-
४.२-इन्च TFT कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, गियर इण्डिकेटर, टर्न-बाइ-टर्न नेभिगेसन, स्वीचेबल डुअल-च्यानल ABS, LED लाइटिङ शामिल छन् ।
-
जुम-१२५ मा–
-
१२४.६ cc एयर-कुल्ड इन्जिन (७.३ kW र १०.४ N·m टर्क), LED प्रोजेक्टर हेडल्याम्प, पोजिसन लाइट, USB चार्जिङ पोर्ट जस्ता विशेषताहरू छन् ।
-
जुम-१६० मा–
-
१५६ cc, ४ भल्भ, लिक्विड कुल्ड इन्जिन (१०.९ kW र १४ N·m टर्क)।
-
स्मार्ट की, टर्न-बाइ-टर्न नेभिगेसन, ट्विन रियर सस्पेन्सन, डुअल-च्याम्बर LED हेडल्याम्प, टुरिङ बक्स जस्ता सुविधाहरू उपलब्ध छन् ।
Post Views: 132