काँध बोकेर ल्यायो फ्लाइङ ट्याक्सी

नाडा अटो शोमा प्रदर्शनीका लागि ल्याइएको डिपल फ्लाइङ ट्याक्सीको नेपाल भित्र्याउने कथा साँच्चै अविश्वसनीय छ।

सिन्धुपाल्चोक–तातोपानी नाकाबाट पहिरोले बाटो अवरुद्ध भएपछि, मोरङ अटो वर्क्सका कार्यकारी निर्देशक विवेक सिकारियाले यसलाई भरियाको काँधमा राखेर ल्याउनु पर्‍यो—त्यही दृश्यले सबैको ध्यान खिच्यो।

उड्ने ट्याक्सी नेपालमा सुविधा अनुसार अनुमति नभएकाले, यसलाई सडक मार्ग प्रयोग गरी ट्रकबाट काठमाडौं ल्याइएको हो।

शोमा देखाइने यो मोडल डेमोका लागि मात्र ल्याइएको र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति प्रक्रिया अझै जारी रहेको छ।

विवेकका अनुसार, यो ट्याक्सी पाइलटविना स्वयं उड्छ र उडेको ठाँउमै ल्यान्ड गर्न सक्षम छ, र एक पटक चार्ज भएपछि करिब ३० मिनेटसम्म उड्न सक्छ

साथमा, यसले प्रतिघन्टा लगभग १४० किलोमिटर दूरी तय गर्न सक्छ

अघि चीनमा मात्र सञ्चालनमा रहेका यी उड्ने ट्याक्सीहरूको नेपालमा प्रदर्शनीले, पर्यटन र आपत्कालीन उद्धार कार्यहरूमा यसको उपयोगितालाई उजागर गर्ने आशा जगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *