नाडा अटो शोमा फोटोनको टुनल्यान्ड पिकअप

फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने तयारी पूरा गरेको छ ।

आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अटो शोमा फोटोनले आफ्नो दुई प्रमुख स्टलमार्फत नयाँ मोडल र प्रविधि प्रस्तुत गर्नेछ ।

स्टल नम्बर A7 मा फोटोन टुनल्यान्ड पिकअप प्रदर्शन गरिनेछ, जसले २३ दिनमै देशका ८ वटा चुनौतीपूर्ण अफ–रोड गन्तव्य सफलतापूर्वक पार गरेर इतिहास रचेको छ ।

शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सनसहितको टुनल्यान्ड पिकअप व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि उपयुक्त मानिन्छ ।

यसमा प्रमुख मोडल टुनल्यान्ड G7 डिजेल सहित टुनल्यान्ड सिरिजका दुई नयाँ मोडलको पहिलो झलक पनि दर्शकले पाउनेछन् ।

स्टल नम्बर J4 मा फोटोन ईभी र माउन्टेन ईभी TM1 मोडलहरू प्रस्तुत गरिनेछन्, जबकि स्टल नम्बर J6 मा सोकोन विद्युतीय भ्यान प्रदर्शन हुनेछ।

यो भ्यान वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि व्यावहारिक र किफायती समाधानका रूपमा प्रस्तुत गरिएको हो ।

विशेष आकर्षणका रूपमा, फोटोनको स्टलमा आगन्तुकहरूले अत्याधुनिक यूनिट्री ह्युमानोइड रोबोट सँग प्रत्यक्ष संवाद गर्दै नवीनतम रोबोटिक्स प्रविधिको अनुभव लिन सक्नेछन् ।

नाडा अटो शोले नयाँ मोडलहरूको अवलोकन, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद, र विशेष अफर तथा फाइनान्स सुविधाहरू प्राप्त गर्ने उत्कृष्ट अवसर दिनेछ ।

इच्छुकले ९८५१४१७१२२ वा ९८०२३६७५०१ मा सम्पर्क गरी अग्रिम दर्ता गरेर व्यक्तिगत परामर्श सेवा र आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *