बजाज अटो लिमिटेडले हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको पहिलो चेतक ईभी सोरुम संचालनमा ल्याएको छ ।
सो सोरुम गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले उद्घाटन गरेका थिए।
करिब एक हजार आठ सय वर्गफुट क्षेत्रफलमा फैलिएको यो स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोनले एकै छानामुनि समग्र इलेक्ट्रिक भेइकल (ईभी) अनुभव प्रदान गर्ने गरी तयार गरिएको छ ।
सोरुममा ग्राहकहरूले टेस्ट राइड गर्ने र तुरुन्तै बुकिङ गर्ने सुविधा पाउनेछन् ।
साथै, लाइभ चार्जिङ डेमो, जीवनशैलीबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणमैत्री लाइटिङ र डिजिटल इन्टरफेसजस्ता आधुनिक अनुभवहरू उपलब्ध छन् ।
बजाज चेतक ईभीको नयाँ सोरुमले ग्राहकहरूलाई इलेक्ट्रिक स्कुटरसम्बन्धी सबै जानकारी र सेवा एकै ठाउँमा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।