सारथीइकुटरमा २५ हजार छुट

नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गते देखि साउनको २६ गतेसम्म लागु हुने गरी सोे अफर सँचालन भएको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथीइकुटरका दुइ मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् ।

साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् ।

नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २०% डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ ।

कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।

३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको सारथीइकुटरको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।

यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको छ ।

जसले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *