गोगोरोको बाइब्याक योजना सुरु

नेबुला इनर्जीले नेपालमा गोगोरो स्कुटरहरूको लागि पहिलोपटक बाइब्याक ग्यारेन्टी योजना ल्याएको छ।

यस योजनाले ग्राहकलाई विद्युतीय स्कुटरको पुनःबिक्री मूल्य सुनिश्चित गर्दै विश्वास र दीर्घकालीन मूल्यमा नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्य लिएको छ।

गोगोरो नेपालको पहिलो विद्युतीय दुईपांग्रे सवारी कम्पनी हो जसले यस्तो ग्यारेन्टी दिएको हो।

यो योजना साउन १९ गतेदेखि लागू भएको हो। गोगोरोले स्कुटर खरिदपछिको ५ वर्ष वा ४०,००० किमि प्रयोगमा (जो पहिले पुग्छ) १ लाख रुपैयाँसम्म बाइब्याक मूल्य दिनेछ।

विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूको मुख्य चिन्ता ब्याट्रीको गुणस्तर र पुनःबिक्री मूल्य हो।

गोगोरोले यो चुनौती समाधान गर्न ब्याट्री स्वापिङ प्रणाली प्रयोग गर्छ, जसमा प्रयोगकर्ताले ब्याट्री किन्ने होइन, स्वापिङ स्टेशनमार्फत प्रयोग गर्छन्।

यसले गोगोरोलाई बाइब्याक ग्यारेन्टी दिन सक्षम बनाएको हो।

गोगोरोका नेपाल प्रतिनिधि चिरञ्जीवी शाहले भने, “हामी नेपालमा दिगो मोबिलिटीको भविष्य निर्माण गर्न आएका हौं। हामीले काठमाडौंभरि ४५ वटा ब्याट्री स्वापिङ स्टेशन निर्माण गरेर मात्र कारोबार सुरु गरेका थियौं।”


नाइमा एक्स्पोमा विशेष अफरहरू

गोगोरोले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बाइब्याक योजना मात्र होइन, निम्न विशेष अफरहरू पनि ल्याएको छ:

  • दशैं अफर योजना: आकर्षक छुट तथा लाभदायक स्किमहरू सार्वजनिक।

  • लाइभ ब्याट्री स्वाप डेमो: प्रत्यक्ष गोगोरोको स्वापिङ प्रविधिको प्रदर्शन।

  • अपग्रेडेड जेगो स्कुटर सार्वजनिक: नयाँ संस्करण पहिलोपटक प्रदर्शन।

  • स्वाप स्टेशन अप्टिमाइजेशन: काठमाडौंका ४५ स्टेशन अझ छरितो र भरपर्दो बनाइएका।

गोगोरोले विद्युतीय मोबिलिटी क्षेत्रमा पूर्वाधार, नवप्रवर्तन, आजीवन ब्याट्री सुविधापुनःबिक्री मूल्य सुनिश्चिततामार्फत नेपालमा नयाँ स्तर कायम गर्न खोजेको जनाएको छ।

थप जानकारीका लागि:
चिरञ्जीवी शाह,
जेनेरल म्यानेजर – नेबुला इनर्जी
📞 9802076877

Leave a Reply

Your email address will not be published. Required fields are marked *