होन्डाको नयाँ इलेक्ट्रिक मोटरसाइकल सेप्टेम्बर २ मा लन्च हुँदै

होन्डाले आफ्नो नयाँ पूर्ण-इलेक्ट्रिक मोटरसाइकल सेप्टेम्बर २ मा लन्च गर्ने तयारी गरेको छ।

कम्पनीले यसको टिजर भिडियो पनि सार्वजनिक गरिसकेको छ, जसमा यो बाइकलाई क्यामोफ्लाज गरिएको अवस्थामा देखाइएको छ।

यो नयाँ मोटरसाइकलमा ५००cc बाइकको बराबर पर्फमेन्स हुने अपेक्षा गरिएको छ।

यसमा करिब ५० bhp पावर आउटपुट र उच्च टर्क रहने अनुमान गरिएको छ।

यसमा ठूलो डिजिटल TFT इन्स्ट्रुमेन्ट क्लस्टर, आकर्षक DRL र सिंगल-साइडेड स्विङ आर्म जस्ता विशेषताहरू हुनेछन्।

साथै, CCS2 चार्जिङ सुविधा पनि हुने भएकाले यसले फास्ट चार्जिङ सपोर्ट गर्नेछ।

कम्पनीले यसअघि भारतमा साना क्षमताका इलेक्ट्रिक स्कुटरहरू लन्च गरे पनि यो नयाँ बाइक भारतमा लन्च हुने सम्भावना कम रहेको बताइएको छ।

यो नयाँ मोडल विश्वव्यापी इलेक्ट्रिक मोटरसाइकल सेगमेन्टमा होन्डाको महत्वपूर्ण विस्तार हुनेछ।

आधिकारिक लन्च मिति नजिकिँदै गर्दा थप जानकारीहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *