भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आफ्नो इलेक्ट्रिक यात्रुवाहक गाडी पोर्टफोलियो विस्तार गर्दै नयाँ प्लेटफर्ममा आधारित ६ वटा नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीका ग्रुप सीईओ तथा प्रबन्ध निर्देशक अनीश शाहले यसबारे जानकारी दिएका हुन्।
महिन्द्राले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ (भारतको FY26) को अप्रिल–जुन त्रैमासिक नाफा भारु ४,०८३ करोड पुगेको छ। यो गत वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि हो।
नाफा वृद्धिमा अटोमोबाइल र कृषि क्षेत्र दुबैतर्फको २० प्रतिशतको योगदान रहेको छ।
ट्र्याक्टर डिभिजनले अब प्रतिस्पर्धा भन्दा बढी सञ्चालन सुधार र समयमै डेलिभरीमा ध्यान केन्द्रित गर्ने जनाएको छ।
कम्पनीले भारतको स्वतन्त्रता दिवस (अगस्ट १५) को अवसरमा मुम्बईमा आयोजना हुने विशेष कार्यक्रममार्फत नयाँ मोडलहरूको झलक दिने तयारी गरिरहेको छ।
कार्यक्रममा कम्पनीले Vision S, Vision T, Vision X, र Vision SXT नामक चारवटा नयाँ कन्सेप्ट इलेक्ट्रिक गाडीहरू प्रस्तुत गर्नेछ।
साथै, महिन्द्राले नयाँ इलेक्ट्रिक प्लेटफर्म पनि सार्वजनिक गर्ने योजना बनाएको छ।