नेपाल मोबिलिटी एक्स्पो २०२५

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) द्वारा आयोजित नेपाल मोबिलिटी एक्स्पो २०२५ आगामी साउन २२ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइयो।

एक्स्पोमा ५० भन्दा बढी अटो ब्रान्डको सहभागिता रहनेछ भने १५ वटा दुइ पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा व्यवसायिक सवारीसाधन सार्वजनिक गरिनेछ।

प्रवेश टिकट Khalti एप मार्फत किन्न सकिनेछ। टिकट बिक्रीबाट आएको आम्दानीको ५ प्रतिशत छात्रवृत्ति तथा अनुसन्धानका लागि छुट्याइने छ।

Pathao ले भृकुटीमण्डपसम्मका यात्रामा ३०% छुट दिनेछ।

Frontline Hospital ले आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।

साथै, NAIMA ले सामाजिक सञ्जालमा भिडियो प्रतियोगिता आयोजना गरेको छ।

साउन २१ गतेसम्म उत्कृष्ट भिडियो अपलोड गर्ने एक जनाले रु. १ लाख पुरस्कार जित्नेछन्।

एक्स्पोमा हरेक दिन विशेष छलफल सत्रहरू हुनेछन्, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ।

पहिलो दिन अनिल केशरी शाह ले “मुभिलिटी – हिजो, आज, र भोलि” विषयमा विशेष सत्र संचालन गर्नेछन्।

NAIMA का अध्यक्ष रितु सिंह वैद्य ले एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी बनाउने लक्ष्य रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *