Skip to content
यही श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी शोमा Maxus MIFA 7 विद्युतीय एमपीभी नेपालमा सार्वजनिक हुने भएको छ।
चीनको SAIC Motor Group अन्तर्गतको Maxus ब्रान्डको यो गाडी प्रिमियम सेग्मेन्टको अत्याधुनिक मोडेल मानिन्छ।
नेपालमा Maxus को आधिकारिक वितरक हिमालय मोट्रक्स ले सात सिट क्षमताको MIFA 7 ल्याउने तयारी गरेको हो।
यस अर्गनाइजेसनले यसअघि eTerron9 लक्जरी इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरेको थियो।
MIFA 7 मा ९० kWh क्षमताको ब्याट्री रहेको छ जसले ६३५ किमी (WLTP) सम्मको दूरी पार गर्न सक्छ।
गाडीमा DC फास्ट चार्जिङ सपोर्ट छ जसले ३० मिनेटमा ३०–८०% सम्म चार्ज हुन्छ।
सुरक्षाको लागि यसमा AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६०° क्यामेरा, लेन कीप असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल, स्वचालित ब्रेकिङलगायत सुविधा छन्।
यसले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार सुरक्षा मूल्यांकन प्राप्त गरिसकेको छ।
अन्य विशेषताहरूमा प्रिमियम ड्युअल १२.३ इन्च डिजिटल डिस्प्ले, मसाज सिट, ठूलो प्यानोरामिक सनरूफ, १८० kW मोटर (३५० Nm टर्क), एडभान्स मल्टिमिडिया सिस्टम लगायत छन्।
यस गाडीमा ८ वर्ष/२ लाख किमी ब्याट्री र ५ वर्ष/१ लाख किमी मोटर वारेन्टी दिइएको छ।
कम्पनीका अनुसार MIFA 7 ले लक्जरी र आरामको नयाँ परिभाषा दिनेछ र यो एक सवारी मात्र नभई प्रिमियम जीवनशैलीको प्रतीक पनि हो।
Post Views: 175