नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी साउन १७–१८ गते (अगस्ट २–३) “Policy Dialogue on Automobile and Better Mobility 2025” शीर्षकमा दुईदिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दैछ।
कार्यक्रममा देश–विदेशका विज्ञ, सरकारी अधिकारी, सांसद, अनुसन्धानकर्ता, उद्यमी, व्यवसायी, शिक्षक–विद्यार्थी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
मुख्य वक्तामा FIA का भाइस प्रेसिडेन्ट ग्रेग क्राफ्ट, ADB रोड सेफ्टी अब्जर्भेटरीका अध्यक्ष सुशील ढकाल, भारत, भुटान, फिलिपिन्स लगायतका संस्थागत प्रतिनिधिहरू रहने छन्।
नेपालका सांसद योगेश भट्टराई, माधव सापकोटा, गरिमा शाह, शेखर सिंह, निमा गिरी तथा मन्त्रालयका प्रतिनिधिहरूले सार्वजनिक यातायात र नीति निर्माणमा बोल्ने छन्।
कार्यक्रममा EV (इलेक्ट्रिक भेहिकल) को सम्भावना र चुनौती, रोड सेफ्टी, ड्रोन, पोडवे, माइक्रो मोबिलिटी, स्कूल अफ अटोमोटिभ, ट्रान्सपोर्ट प्रणाली, ड्राइभ टुरिजम, मोटर स्पोर्ट्स, र साइक्लिङ संस्कृतिबारे प्रस्तुतीकरण हुनेछन्।
यसै अवसरमा “Youth for Road Safety”, EV स्टडी, पब्लिक ट्रान्सपोर्ट सुधार, रोड सेफ्टी अडिट लगायत अभियान घोषणा गरिनेछ। Road Safety Award पनि वितरण गरिनेछ।
कार्यक्रमको समापन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गर्ने छन्।
नीतिगत छलफल र सहकार्यमार्फत अटोमोबाइल क्षेत्रलाई सशक्त बनाउने उद्देश्य यस डायलगको रहेको छ।