अवरुद्ध स्याफ्रुबेँसी-रसुवागढी सडक सञ्चालनमा

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड सडक आजदेखि सञ्चालनमा आएको छ ।

सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौँ–टिमुरे बस गुड्न थालेको छ ।

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौँबाट यात्रुवाहक बस टिमुरे पुगेको हो ।

बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए ।

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन् ।

ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौँतर्फ फर्किएका हुन् ।

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनाँै विद्युतीय कार धमाधम काठमाडौँ लैजान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *