Skip to content
नाडा अटो शो २०२५ मा ९ वटा नयाँ मोडल एकसाथ सार्वजनिक हुने सम्भावना देखिएको छ ।
आउँदो भदौ ३ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा ९ वटा नयाँ मोडल बजारमा आउने कम्पनीले जनाएका छन् ।
नाडा अटो शोमा भाग लिएका अधिकांश ब्राण्डले कम्तीमा एक÷एक नयाँ मोडल ल्याउने योजना बनाएका छन् ।
नाडा अटो शोभन्दा अगाडि आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा समेत धेरै ब्राण्डले नयाँ मोडल सार्वजनिक गर्दैछन् ।
नाडा अटो शोमा दीपलले आफ्नो बहुप्रतिक्षित एसयूभी एस–०५ सार्वजनिक गर्नेछ ।
थाइल्याण्डमा उत्पादन भएको दीपल एस–०५ कम्पनीको चर्चित मोडल एस–०७ भन्दा कम मूल्यमा आउने छ ।
एमएडब्लू वृद्धिले यसलाई नेपाल ल्याउन लागेको हो ।
एमएडब्लु ग्रुप अन्तर्गत नै बिक्री वितरण हुँदै आएको नामी ब्राण्डको नामी–०६ एसयूभी पनि नाडा अटो शोमा प्रदर्शनी हुनेछ ।
नामी–०१ ह्याचब्याकको सफलतापछि कम्पनीले एसयूभी बिक्री सुरू गर्न लागेको हो ।
भारतीय अटोमोबाइल जायन्ट टाटाले उत्पादन गरेको ह्यारीयर ईभी पनि नाडा अटो शोमा प्रदर्शनी हुने अनुमान गरिएको छ ।
अघिल्लो महिना भारतमा सार्वजनिक भएको ह्यारीयर ईभी निकै धेरै चर्चा पाउन सफल मोडल हो ।
यस्तोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अटो शो मार्फत नेपालमा डेब्यु गर्ने अनुमान गर्न सकिन्छ ।
Post Views: 231