“Warranty भन्नाले कुनै पनि सामानको life span (आयु) भन्ने होइन।
Warranty भनेको एउटा निश्चित समयभित्र त्यो सामानमा उत्पादन सम्बन्धी कुनै खराबी आएमा कम्पनीले निःशुल्क मर्मत वा बदल्ने ग्यारेन्टी हो।
तर त्यसको मतलब त्यो सामान त्यो समयपछि बिग्रन्छ भन्ने होइन, र त्यो समयसम्म टिक्छ भन्ने पनि होइन। सही तरिकाले चलाएमा धेरै समयसम्म राम्रोसँग चल्न सक्छ।”
“धेरैजसो मानिसहरूले सोच्ने गर्छन् कि धेरै वर्षको warranty भयो भने त्यो सामान राम्रो हुन्छ। तर यो सोच सधैं सही हुँदैन।
कतिपय low quality का उत्पादनहरूमा पनि ग्राहकलाई आकर्षित गर्न भनेर धेरै वर्षको warranty दिइने गरेको देखिन्छ।
त्यसैले warranty को अवधि मात्र हेरेर कुनै पनि सामानको गुणस्तर नतोकौं। उत्पादनको प्रयोगमा आएको अनुभव, प्रयोग भएको प्रविधि, ब्रान्डको विश्वसनीयता जस्ता पक्षहरू पनि उत्तिकै महत्त्वपूर्ण छन्।”
“सवारी साधन किन्दा केवल warranty मात्र होइन, त्यसपछि पाइने after-sales service कस्तो छ भन्ने कुरा पनि हेर्न अत्यन्तै जरूरी हुन्छ।
किनभने गाडी किनेपछि त्यसको maintenance, parts availability, service center को पहुँच लगायतका विषयहरूमा सहजता हुनु जरुरी छ।
राम्रो after-sales सेवा नभएमा सामान्य समस्या समाधान गर्न पनि धेरै समय र पैसा खर्चिनु पर्ने हुन्छ।
त्यसैले खरीद निर्णय गर्दा warranty सँगै सेवा सुविधा कत्तिको भरपर्दो छ भन्ने कुरामा ध्यान दिनुपर्छ।”