चक्रपथ विस्तारको दोस्रो खण्ड कलङ्कीदेखि सुकेधारा धोबीखोला सडकखण्डमा वर्षासँगै घाँस उम्रिएर हरियाली भएको छ । सो सडक विस्तारमा ढिला गरिँदा झारले सडक ढाकेको हो ।
करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडी बढ्न सकेको छैन ।
चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।
हाल कलङ्की देखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।
त्यसै गरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भई रहेको छ ।