सत्यदीप TEMOT अन्तर्राष्ट्रिय सदस्यता

नेपालको अटोमोबाइल व्यवसायमा एक सशक्त उपस्थिति बनाउँदै आएको सत्यदीप इन्टरनेसनल प्रा.लि.ले विश्वव्यापी ख्यातिप्राप्त संस्था TEMOT International Autoparts GmbH को एसोसिएट सदस्यता प्राप्त गरेको छ ।

यो उपलब्धिलाई नेपाली अटोमोटिभ अफ्टरमार्केटमा अन्तर्राष्ट्रिय मान्यताको प्रतीकका रूपमा लिइएको छ ।

नेपालबाट पहिलोपटक सत्यदीपले यो सफलता प्राप्त गरेको हो ।

TEMOT International Autoparts GmbH सन् १९९४ मा पाँच युरोपेली कम्पनीहरूको सहकार्यबाट स्थापना भएको हो । हाल यसको मुख्यालय डसेलडोर्फ, जर्मनीमा अवस्थित छ ।

यो संस्था विश्वका १०६ भन्दा बढी मुलुकमा फैलिएको छ । जहाँ ११४ Warehouse Distributors संस्थापक सदस्यका रूपमा आवद्ध छन् ।

सत्यदीप इन्टरनेसनलको यो सदस्यता TEMOT को अफ्टर मार्केट डिष्टिव्युटर्स नेटवर्कमा प्रवेश हो ।

जसले अटो पार्ट्रसको आपूर्ति, सर्भिस, मर्मत तथा ग्राहक सेवामा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड कायम गर्न मद्दत पु¥याउनेछ ।

यस नेटवर्कको हिस्सा हुनु नेपालकै अटो उद्योगको विश्वसनीयता र क्षमताको प्रमाण रहेको सत्यदीपका प्रवन्ध निर्देशक दिपेन्द्र मिश्र बताउँछन् ।

‘यो उपलब्धिलाई कम्पनीको दूरदृष्टि, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहकहरूप्रतिको समर्पणको फल मानेका छौं,’ उनले भने, ‘हाम्रो टोली, साझेदार र ग्राहकहरूको निरन्तर सहयोगले आजको यो सफलताको ढोका खोलिदिएको हो ।

अब हामी अझै व्यापक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजानेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *