यात्रुवाहक बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

कञ्चनपुरमा यात्रुवाहक बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

बिहीबार बेलौरी–कलुवापुर सडकखण्डमा बसले ठक्कर दिँदा पैदल यात्रु द्रोपती भट्टको मृत्यु भएको हो।

बेलौरीदेखि सुपप्र ००१–९२९ नम्बरको बसको ठक्करले शुक्लाफाँटा नगरपालिका– १, बन्साह गणेशपुरकी ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ताले बन्साहमा यात्रुलाई ठक्कर दिएपछि बस पनि पल्टिएको बताए ।

बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका मृत्यु भएकाे हाे ।

बसमा सवार अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

मृतक पक्षले घटनाको छानबिन गरेर दोषीउपर कारबाहीको माग अघि सारेका छन् ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *