स्कुल बस र मोटरसाइकल ठोक्किए

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध–२ सेल्फिडाँडामा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किएर भएकाे दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

प्रहरी चौकी भकुन्डेबेँसीका अनुसार आज बेलुकी ७ः३० बजेको समयमा भकुन्डेबेँसीतर्फ जाँदै गरेको बा४ख ७१ नम्बरको सगुन विद्यामन्दिरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा७१प ६८८० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर मोटरसाइकलचालक र पछाडि सवार दुबैजना गम्भीर घाइते भएका थिए ।

नमोबुद्ध नगरपालिका–२ का २३ वर्षीय पासाङ तामाङ र सोही स्थानका २२ वर्षीय विजय तामाङको उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याइएका घाइते दुबैलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएका छन्  ।

मोटरसाइकल र बस प्रहरीको नियन्त्रणमा रहेको छ भने बसचालक फरार छन् । दुर्घटनासम्बन्धी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *